ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७९ बैशाख, २६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकको चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । चौतारा साँगाचोकगढी–७ सानो सिरुबारीस्थित सिद्धिगणेश माध्यमिक विद्यालय परिसरमा भएको उक्त कार्यक्रम बैंकका चौतारा शाखा प्रबन्धक सम्पुर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बचतको महत्त्व, बचत गरेको रकम बैंकमा खाता खोलेर जम्मा गर्नुपर्ने, ऋण लिने कारणहरू, बीमा, पारिवारिक बजेटको महत्त्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैंकको योगदान, विद्युतीय कारोबार लगायत विषयमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी गराएका थिए । यसैगरी बैंकका बजार अधिकृत विवेक राजकर्णिकारले वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पार्दै बैंकले दिइरहेको सेवा सुविधासम्बन्धी जानकारी गराएका थिए । कार्यक्रममा महिलाको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा बैंकका प्रबन्धक गिरिले चौतारा शाखाले १० हजार औषधि बीमा सुविधा २८ जना सदस्यलाई उपलब्ध गराएको जानकारी दिए । बैंकले १३९ शाखा, १४ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम बुथमार्फत सेवा प्रदान गर्दै आएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement