ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

छिमेक लघुवित्तको तेस्रो त्रैमासम्मको खुद नाफा करीब ७२ करोड 

२०७९ बैशाख, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ७१ करोड ७१ लाखभन्दा बढी खुद नाफा गरेको छ । 

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा करीब २५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म रू. ९५ करोड ५९ लाखभन्दा बढी खुद नाफा कम्पनीले गरेको थियो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफा साढे १९ प्रतिशत कम रू. १ अर्ब १२ करोड भएको छ । २७ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. २ अर्ब ३२ करोड ४१ लाख पुर्‍याएको कम्पनीको शेयर प्रिमियममा रू. ४ करोड ९ लाखभन्दा बढी रहेको छ भने रिटेन्ड अर्निङ रू. १ अर्ब २४ करोड ७८ लाखभन्दा बढी छ । 

कम्पनीको जगेडा कोषमा भने रू. २ अर्बभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. ५५ करोड ९३ लाखभन्दा बढी रहेको छ ।

यस वर्ष कर्जा सापटी १२ दशमलव २७ प्रतिशत कम रहेको कम्पनीले करीब १५ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने २९ दशमलव ३८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । कम्पनीले यस वर्ष रू. ५ अर्ब ४५ करोडभन्दा बढी कर्जा सापटी लिएको छ भने रू. ३२ अर्ब २० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने कम्पनीको रू. २५ अर्ब ७९ करोड ३२ लाखभन्दा बढी छ । 

गत वर्ष शून्य दशमलव ५५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ९१ प्रतिशत पुगेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४१ दशमलव १४ र प्रतिशेयर नेटवर्थ रू. २४१ दशमलव ६८ छ । मूल्य आम्दानी अनुपात २७ दशमलव २० गुणा छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement