वैशाख २६, काठमाडौं । स्थानीय बजारमा सोमवार सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतवार सुनको मूल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमवार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ५ रुपैयाँले बढेको चाँदीको मूल्य यो दिन भने स्थिर रहेको हो । यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने सोमवार सुनको मूल्य घटेको छ ।यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८७२ दशमलव शून्य २ डलर पुगेको छ ।
त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्य भने स्थिर रहेको छ । सोमवार एक अमेरिकी डलरको विक्रीदर १२३ दशमलव ३७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलरको विक्रीदर १२३ दशमलव ३७ रुपैयाँ रहेको थियो ।