वैशाख २६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक ६ दशमलव ४८ अंकले बढेको छ ।
प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार २६३ दशलमव शून्य ६ विन्दुमा पुगेको हो । उक्त अवधिसम्ममा कारोबारमा आएका १६ ओटा कम्पनीको रू. २ लाख ९४ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
प्रि - ओपन सेसनमा सर्वाधक शेयर खरीदविक्री जाल्पा सामुदायिक लघुवित्तको रू. १ लाख ७० हजार बराबरको भएको छ । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १७ दशमलव ९५ अंक बढेर २ हजार २५६ दशमलव ५७ विन्दुमा बन्द भएको थियो । उक्त दिन कुल रू. १ अर्ब ३२ करोड ६४ लाख २१ हजार ६७१ बराबरको शेयर खरीदविक्री भएको थियो ।