ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तेस्रो त्रैमाससम्ममा साना किसान विकास लघुवित्तको नाफा रू. ५० करोड २५ लाख, प्रतिशेयर आम्दानी कति ?

२०७९ बैशाख, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ५० करोड २५ लाख नाफा कमाएको छ ।

कम्पनीले सोमवार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ८ दशलमव ८९ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू.४६ करोड १४ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ६ प्रतिशत र सञ्चालन नाफा ८ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू.१ अर्ब ५६ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ अर्ब ४४ करोड,रिटेण्ड अर्निङमा रू.९७ करोड ९९ लाख र शेयर प्रिमियममा रू. १ करोड ८२ लाख सञ्चित गरेको छ ।

सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.३१ करोड २ लाख रहेको छ ।एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई विभिन्न शिर्षकमा छुट्याएपछिको नाफानै वितरणयोग्य नाफा हो ।

चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४२ दशमलव ८१, मूल्य आम्दानी अनुपात २६ दशमलव ९६ गुणा,तरलता अनुपात २ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २५६ दशमलव २६ रहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement