वैशाख २६, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. २० अर्ब १८ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले ९१ दिन,१८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलवार जारी हुने यस ट्रेजरी बिल सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि रू. ७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यो बिल साउन २४ गते परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनको लागि रू. ११ अर्ब बराबरको ट्रेजरी बिल जारी हुँदै छ । यो बिल कात्तिक २२ गते परिपक्व हुने छ । त्यस्तै १ वर्षका लागि रू. २ अर्ब ८ करोड बराबरको ट्रेजरी बिल जारी हुँदैछ ।
यस ट्रेजरी बिल २०८० वैशाख २६ गते परिपक्व हुनेछ । यो ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी तथा बैंक र वित्तीय संस्थाबाट ऋण लिन पनि पाइन्छ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था,संगठित संस्था तथा सर्वसाधारण नागरिक समेतले ट्रेजरी बिलको बोलकबोलमा सहभागिता जनाउन पाउने छन् ।