वैशाख २६, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुनलामा चालू आवमा १५ दशमलव ८२ प्रतिशतले घटेको छ । गत आवमा रू. ५१ करोड ८१ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा रू. ४३ करोड ६१ लाखमा झरेको हो ।
चालू आवमा कम्पनीको खराब कर्जा संकलनमा कमि आएकाले नाफा घटेको हो । गत आवमा रू.३३ करोड ७८ लाख खराब कर्जा उठाएको उक्त कम्पनीको खराब कर्जा चालू आवमा रू.७ करोड ८ लाखमा झरेको हो । सोही कारण कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा घटेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ३ दशमलव ४६ प्रतिशत र सञ्चालन नाफा २३ दशमलव ३९ प्रतिशत वृद्धि भएको हो ।
चुक्तापूँजी रू. १ अर्ब ३८ करोड रहेको उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू.१ अर्ब ४५ करोडभन्दा बढी सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ७ अर्ब ८५ करोड सापटि लिएर,रू. ७ अर्ब ७३ करोड निक्षेप संकलन गरेर रू. १७ अर्ब ५० करोडभन्दा बढी कर्जा लगानी गरेको छ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू.४१ दशमलव ९१, मूल्य आम्दानी अनुपात २५ दशमलव ९१ गुणा, तरलता अनुपात ५ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०५ दशमलव १७ रहेको छ ।