ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

उत्कृष्ट १० मध्ये ६ ओटा स्थानीय तह कांग्रेस नेतृत्वका, एमालेले नेतृत्व गरेको एउटा मात्रै : महत

२०७९ बैशाख, २६  
विविध
Image Not Found

वैशाख २६, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश सरण महतले नेपालका उत्कृष्ट १० स्थानीय तह मध्ये ६ ओटा कांग्रेसले नेतृत्व गरेका स्थानीय तह भएकोले एमालेले भोट माग्ने नैतिक आधार गुमाइसकेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दावी गरेका हुन् । 

प्रवक्ता महतले भने,  ‘ कुनै पनि मानेमा ओलीजीले फेरी पनि मत माग्ने आधार छैन । स्थानीय निकायकै कुरा गर्ने हो भने पनि १० ओटा उत्कृष्ट कार्य सम्पादन मध्ये ६ ओटा हाम्रो उत्कृष्ट छ । बाँकि ३ ओटामा पनि अन्य सहयोगी दलहरुको र एउटा मात्रै उहाँको उत्कृष्ट देखिएको छ । स्थानीय कोणबाट हेर्दा पनि हामी नै बलियो छौं ।'

राष्ट्रिय कोणबाट हेर्दा पनि नेपाली काँग्रेसको नेतृत्व नै ठिक भएको उनले बताए ।

'हामी जब्बरजस्ती तन्त्र चल्न दिँदैनौं । कहीँ पनि नेपाली काँग्रेसका कार्यकताहरुले निर्वाचनको दौरानमा आक्रमण गरेका छैनन् । हामी स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छौं । हामी सत्ताको दूरुपयोग कहिल्यैं गर्दैनौं ।' उनले भने, 'उहाँहरूले त आफ्नो हातमा परेपछि पुलिस प्रशासन पनि उहाँको अनुकूल बनाउँदै हुनुहुन्थ्यो । सबैले विना डर मताधिकार प्रयोग गर्न पाउँछन । तर उल्टो हामीमाथि ठाउँठाउँमा आक्रमण भईरहेको छ ।’

प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताए ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओलीले नचाहेपनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गर्नु भयो ।

प्रवक्ता महतले निर्वाचनको शिलशिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरुमा आफ्ना पार्टीका कार्यकर्ताहरुमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाए ।

उनले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराए । प्रवक्ता महतले नेपाली काँग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा प्रचार प्रसारमा गएकाले उहाँले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्न नमिल्ने पनि बताए । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement