ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चालू आवको ९ महीनामा साहस उर्जाको खुद नाफा ७५ % बढ्यो

२०७९ बैशाख, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । साहस उर्जा लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७५ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू.३३ करोड १२ लाख नाफा कमाएको उक्त कम्पनीको चालू आवमा नाफा बढेर रू. ५८ करोड १३ लाख पुगेको हो ।

चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको कूल आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७४ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको कुल आम्दानी रू. ३३ करोड ४१ लाख रहेकोमा चालू आवमा बढेर रू. ५८ करोड ३९ लाख पुगेको छ।

चुक्तापूँजी रू. ३ अर्ब ५० करोड रहेको उक्त कम्पनीले भने चालू आवको तेस्रो त्रैमासमा जगेडामा रू। १ अर्ब ९८ करोड सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.२२ दशमलव १५(वार्षिकिकरण), मूल्य आम्दानी अनुपात २६ दशमलव ७३ गुणा, तरलता अनुपात शून्य दशलमव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५६ दशमलव ८४ रहेको छ ।

कम्पनीद्वारा प्रवर्द्धित ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना ८६ मेगावट निर्माणकै अवस्थामा रहेको वित्तीय  विवरणमा उल्लेख छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement