ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गूगल पिक्सेलको नयाँ सिरिज पिक्सल-७ र पिक्सल-७ प्रो अक्टोबरमा आउने

२०७९ बैशाख, २६  
प्रविधि
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६ काठमाडौं। स्मार्टफोन निर्माताहरुको भिडमा फरक स्थान हासिल गर्न संघर्ष गरिरहेको गूगल पिक्सेलले अर्को सिरिज सार्वजनिक गर्ने भएको छ ।

गूगलले पिक्सल-७ सिरिजको नयाँ पुस्ताको फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । यस सिरिजमा पिक्सल-७ र पिक्सल-७ प्रो सार्वजनिक हुनेछन । यद्यपि आधिकारिक रूपमा यी फोनहरूको बारेमा कुनै जानकारी भने दिईएको छैन।  तर केही टिपस्टरहरूले पिक्सल-७ सिरिजको बारेमा जानकारी लीक गरेका छन्।

पिक्सल-७ र पिक्सल-७ प्रो गत वर्ष आएको पिक्सल-६ र पिक्सल-६ प्रो जस्तै छन्। यी फोनहरूलाई पिक्सल-६ को उत्तराधिकारीको रूपमा चिनिन्छ । नयाँ फोनका क्यामेराहरू फिक्सल-६ जस्तै हुनेछन् । गूगल पिक्सेल-७ स्मार्टफोनमा डुअल क्यामेरा सेटअप हुने बताइएको छ । यसले ५० मेगापिक्सेलको प्राइमरी क्यामेरा र १२ एमपी अल्ट्रा वाइड क्यामेरा सेन्सर राखिने छ ।

पिक्सल-७ प्रो स्मार्टफोनमा ट्रिपल रियर क्यामेरा सेटअप हुनेछ। यसको प्राथमिक क्यामेरा ५० मेगापिक्सल  हुनेछ, साथै १२ मेगापिक्सल  अल्ट्रा-वाइड एंगल सेन्सर र ४८ मेगापिक्सल टेलिफोटो लेन्स हुनेछ ।सेल्फीका लागि फोनमा पञ्च-होल कटआउट दिइने बताइएको छ । 

गुगल टेन्सर प्रोसेसर
टिपस्टरका अनुसार पिक्सेल-७ फोनमा ६.३ इन्चको डिस्प्ले हुनेछ। पिक्सल-७ प्रो  मा ६.७ इन्चको डिस्प्ले दिने छ । पिक्सल-७ र पिक्सल-७ प्रो ले गैर- एलपीटीओ  डिस्प्ले पाउनेछ, अर्थात् फिक्सल-७ र पिक्सल-७ प्रो एलपीटीओ  प्यानलको साथ आउनेछ। फोनहरु गूगल टेन्सर प्रोसेसरहरुसँग सुसज्जित हुनेछ।

यस सिरिजका फोनहरू स्टर्मी ब्ल्याक, किन्डा कोरल, सोर्टा सीफोम र क्लाउडी ह्वाइट शेडहरूमा आउन सक्छन्। सामाजिक सञ्जालमा एक लीक रिपोर्टमा गूगल पिक्सल-७ सिरिजका फोनहरू आगामी अक्टोबरमा हुने कार्यक्रममा लन्च गरिने बताइएको छ ।

कार्यक्रममा फोनसँगै गूगल पिक्सेल वाच पनि सार्वजनिक हुनेछ । फोनमा जीपीएस, ब्लुटुथ, वाइफाइ र ओटीजी जस्ता सुविधाहरू पनि छन्। गूगल -६ प्रो स्मार्टफोन गत वर्ष अक्टोबरमा भारतमा लन्च गरिएको थियो।गूगलले यस वर्ष ७ सिरिजका फोन सार्वजनिक गर्न लागेको हो ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement