वैशाख २६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २१६ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
उक्त अवधिसम्ममा नबिल ब्यालेन्स फण्ड २, सानिमा इक्वीटी फण्ड, एनएमबि फिप्टी,सनराइज फष्ट म्युुचुअल फण्ड र माछापुच्छ्रे बैंकको धितोपत्रमा उच्च खरीद माग रहेको छ । ती पाँच ओटा धितोपत्रमध्ये नबिल ब्यालेन्स फण्ड २ को सबैभन्दा बढी २ लाख १५ हजार ७०० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी दोस्रोमा सानिमा इक्वीटी फण्डको २ लाख ९ हजार ४२० इकाई,एनएमबि फिप्टीको १ लाख ४२ हजार ९० इकाई,सनराइज फष्र्ट म्युुचुअल फण्डको १ लाख २३ हजार ९८४ इकाई र माछापुच्छ्रे बैंकको १ लाख ४ हजार ७१९ कित्ता शेयर खरीद माग रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २१ दशमलव १४ अंक बढेर २ हजार २८० दशमलव ७१ विन्दुमा पुगेको छ । यसैगरी उक्त अवधिसम्ममा कुल रू. ८९ करोड ५५ लाख बराबरको शेयर खरीदविक्री भएकोे छ ।