ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एचआईडीसीएलद्वारा हाइड्रो भिलेजमा २० % स्वपूँजी लगानी गर्न सम्झौता

२०७९ बैशाख, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले ५७ दशमलव ३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको प्रवर्द्धक हाइड्रो भिलेजमा २० प्रतिशत स्वपूँजी लगानी गर्ने भएको छ ।

कम्पनीले स्वपूँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो । लगानीसम्बन्धी सम्झौतामा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र आयोजनाको प्रवर्द्धक हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत गौतमले एचआईडीसीएलको ११ वर्षको लगानी यात्रामा स्वपूँजी लगानी गरेको यो चौथो आयोजना रहेको बताए । 
अब उक्त आयोजनामा हाइड्रो भिलेज, एचआईडीसीएल र मलेशियन कम्पनीको स्वामित्व रहनेछ । 

एचआईडीसीएलले सुझाव अनुसार नै तोकिएको समयमै निर्माण पूरा गरी बिजुली उत्पादन गर्न तत्परताका साथ काम गर्ने आयोजनाका अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गरे । 

म्याग्दीको धवलागिरि गाउँपालिकाको बगरमा निर्माण हुने यो नदी प्रवाही आयोजनाको ३ वर्ष अगाडि नै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद सम्झौता (पीपीए) भएको थियो । आयोजनाबाट वार्षिक ३३ करोड ४० लाख युनिट (३३४ गिगावाट घण्टा) विद्युत् उत्पादन हुने अध्ययनमा उल्लेख छ ।

आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १७ किलोमिटर टाढा प्राधिकरणको डाँडाखेत सब- स्टेसनमा लगेर जोडिने बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement