ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मंलगवार रातिदेखि सप्तरीका सीमानाका बन्द

२०७९ बैशाख, २६  
मधेश प्रदेश
Image Not Found

वैशाख २६, सप्तरी । सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मंगलवार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ  । 

जिल्ला प्रशासन कार्यालयले सोमवार एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मंगलवार राति १२ बजेदेखि निर्वाचन हुने शुक्रवार राति १२ बजे सम्मका लागि  बन्द गरिने प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए । 

यसैबीच स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मंगलवारदेखि मादकपदार्थ विक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागाइएको छ । मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले तिनको कारोबार र सेवनमा रोक लगाइने निर्णय गरिएको र निर्णयविपरीत कसैले काम गरेको पाइएमा कारबाही गरिने उनले जानकारी दिए ।

जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र विक्री वितरण नगर्न आग्रह गरिएको छ । साथै अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहितापालना गर्न समेत जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ  । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement