ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एक सातामा वाणिज्य बैंकमा ६ अर्ब थपियो 

२०७९ बैशाख, २६  
समाचार लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकमा ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघका अनुसार वैशाख १६ गतेदेखि २३ गतेसम्मको अवधिमा ६ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । 

त्यस्तै उक्त अवधिमा कर्जा लगानी भने ४ अर्ब रुपैयाँ छ । बैंकर्स संघका अनुसार वैशाख २३ गतेसम्म बैंकिङ प्रणालीमा ४३ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । एक साता अगाडि वाणिज्य बैंकमा ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको हो । 

त्यस्तै उक्त अवधिमा कर्जा लगानी भने ४ अर्ब रुपैयाँ घटेको छ । वैशाख २३ गतेसम्म यस्तो कर्जा ४१ खर्ब ९३ अर्ब रुपैयाँ लगानी भएको थियो । सीडी रेसियो ९१ दशमलव ८१ प्रतिशत कायम भएको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement