ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षले दिए राजीनामा

२०७९ बैशाख, २६  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख २६, कोलम्बो (श्रीलंका) । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षले सोमवार राजीनामा दिएका छन् ।

यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ । राष्ट्रपति गोटबाया राजपाक्षले शुक्रवार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक संकटको समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि यस्तो निर्णय भएको हो ।

श्रीलंकाको डेली मिररले जनाएअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसद्मा रहेका सबै राजनीतिक दललाई सर्वदलीय मन्त्रिपरिषद् गठन गर्न आमन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

यसअघि विपक्षी दल समगी जन बालवेगयाले आफ्ना नेता सजिथ प्रेमदासाले अन्तरिम सरकारमा प्रधानमन्त्रीको पद स्वीकार नगर्ने पुष्टि गरेका थिए ।

श्रीलंका हाल विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक संकटबाट गुज्रिरहेको छ जसले इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ ।

सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ । रासस/एएनआई

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement