वैशाख २६, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार १ हजार ६९३ पीसीआर परीक्षणमा ६ जना र १ हजार ३०९ एन्टिजेन परीक्षणमा २ जना गरी कुल ८ जनामा भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १९० पुगेको छ ।
यसैगरी, सोमवार १७ जना निको भएसँगै हालसम्म ९ लाख ६६ हजार ८०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।