ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वैशाख २७ गते राति १२ बजेदेखि वैशाख ३० गतेसम्म मदिरा किनबेच र सेवन गर्न निषेध

२०७९ बैशाख, २६  
विविध र यो पनि
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । निर्वाचन आयोगले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि वैशाख ३० गते शुक्रवार बेलुका मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ ।

निर्वाचन आयोगले सोमवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मदिरा विक्रीवितरणमा प्रतिबन्ध लगाएको वारे जानकारी गराएको हो । 

तोकिएको अवधि र ठाउँमा मादक पदार्थको विक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । 

आयोगले कालो, रातो, निलो वा हरियो मध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ ।

आयोगका प्रवक्ता पौडेलले भने, ‘मिति २०७९ बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको विक्री वितरण र सेवन कार्य निषेध गर्न आयोगले निर्णय आयोगले गरेको छ ।'

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement