वैशाख २६, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले काठमाडौं महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको बताएको छ । विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादव विरुद्ध मुद्दा दायर गरेको हो ।
विभागले रू. १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उक्त अन्तरा इन्टरनेशनलले रू. ८ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको विभागले जानकारी दिएको छ । आरोपी विरुद्ध शतप्रतिशत जरिवाना समेत गरी रू. १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ ।