ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

निर्वाचनमा मतदानसँगै घुमफिरको अवसर, वैशाख ३० गतेबाट लगातार ४ दिन सार्वजनिक बिदा !

२०७९ बैशाख, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको लागि सार्वजनिक बिदा दिएसँगै सरकारी/ सार्वजनिक संस्थानहरूमा लगातार ४ दिन बिदा हुने भएका छन् ।

यो सँगै निर्वाचनमा मतदान गर्न गाउँ फर्केका सरकारी/सार्वजनिक संस्थानका कर्मचारीले घुम्ने अवसर पनि पाउने भएका छन् ।

सोमवार बसेको मन्त्रीपरिषद बैठकले ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

३१ गते शनिवार भएका कारण सार्वजनिक बिदा छ । १ गते भने आइतवार भएपनि सरकारले जेठ १ गतेदेखि लागू हुने गरि हरेक आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय यस अघि नै गरिसकेको छ ।

जेठ २ गते बुद्ध जयन्ती परेकाले सार्वजनिक बिदा परेको छ ।

तर मतदान केन्द्र तोकिएका विद्यालयमा भने निर्वाचनको २ दिन अघिदेखि नै सार्वजनिक बिदा दिन आयोगले प्रस्ताव गरेको छ । सरकारले निर्णय नै नगरेपनि मतदान केन्द्र तोकिएका ठाउँमा थप २ दिन बिदा हुने छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement