ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न अष्ट्रेलियाली राजदूतसमक्ष उद्योग परिसंघको आग्रह

२०७९ बैशाख, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ । 

नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको सम्भावना रहेकाले त्यस्ता क्षेत्रमा अष्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्न पहल गरिदिन परिसंघले आग्रह गरेको हो ।

परिसंघले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्न पनि राजदूत भोल्कसमक्ष आग्रह गरेको छ । उक्त अवसरमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभाव भएको भन्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गरे  । 

उनले नेपालमा स्वास्थ्य र शिक्षामा लगानीका अवसरहरू रहेको उल्लेख गर्दै नेपाल र अष्ट्रेलिया बीचको मैत्रिपूर्ण सम्बन्धलाई झन बलियो बनाउनका लागि संस्थागत रूपमा व्यावसायिक क्षेत्रहरूको पहिचान र पहलमा ध्यान दिनुपर्ने बताए । 

कार्यक्रममा राजदूतभोल्कले नेपालमा सहयोग र सहकार्यलाई विस्तारका लागि आफूले पहल गर्ने बताए । उनले अष्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनाहरूमा काम गरिरहेको भन्दै भावीदिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहल गर्ने पनि बताए । 

छलफलमा उपस्थित क्षेत्रगत विज्ञहरूले कृषि क्षेत्रमाप्रविधि हस्तान्तरण,जलविद्युत् विकासमा रहेका अवसर, नेपालमा अष्ट्रेलियाको विश्वविद्यालयको उपस्थितिसहित गुणस्तरीय शिक्षाको विस्तारमा जोड दिएका थिए । 

कार्यक्रममा परिसंघका उपाध्यक्ष राजबहादुर शाह, शिक्षा परिषदका सभापति द्विराजशर्मा, पर्यटन समिति सभापति पम्फा धमला, कृषि परिषद सभापति विकास दुगर, एफडिआई समिति सभापति साइबल घोस र परिसंघको एड्भाइजर्स काउन्सिलका सदस्य डा रामहरि लामिछाने एवं शिक्षा परिषदका सदस्यहरूको उपस्थिति थियो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement