ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लुम्बिनी विकास बैंकका थप दुई शाखा उद्घाटन

२०७९ बैशाख, २७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । लुम्बिनी विकास बैंकले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमवार कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा र बर्दियाको मधुवन नगरपालिका–८ तारातालमा शाखा सञ्चालनमा ल्याएको हो । सोसँगै बैंकको शाखा संख्या ८३ पुगेको बैंकले जानकारी दिएको छ ।

चन्द्रौटा शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सांसद अर्जुन केसीले संयुक्त रूपमा गरेका थिए । त्यस्तै ताराताल शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग वाणिज्य संघ तारातालका अध्यक्ष देवेन्द्र तिमल्सिनाले गरे । बैंकले छिट्टै कैलालीको लम्की र मसुरियाका साथै कञ्चनपुरको वाणीमा समेत शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement