ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अन्नपूर्ण पदमार्गमा बढे यूरोपेली पर्यटक

२०७९ बैशाख, २७  
गण्डकी प्रदेश
Image Not Found

मनाङ । कोरोनाको २ वर्षपछि मनाङमा बाह्य पर्यटक बढ्दै गएका छन् । चालू आर्थिक वर्षको साउनदेखि वैशाख अन्तिमसम्ममा ६ हजारभन्दा बढी यूरोपेली पर्यटक भित्रिएको बताइएको छ । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि यो अवधिमा ६ हजार ५८४ जना यूरोपेली पर्यटक आएका हुन् । यूरोपेली देशमध्ये पनि सबैभन्दा बढी फ्रान्सबाट ८०१ पर्यटक यहाँ आएका छन् भने जर्मनीबाट ६९९ र बेलायतबाट ४४५ जना आएका छन् । यस्तै इजरायलबाट ५९८ र भारतबाट ४२८ जना पर्यटक भित्रिएका छन् । अप्रिलमा २ हजार ३८२ र मार्चमा १ हजार २३१ पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

थोराङ्ला हुँदै तिलिचो ताल पुगेर लार्के मार्ग कटाउँदै मुक्तिनाथ निस्किने हुँदा विदेशी पर्यटकका लागि अन्नपूर्ण पदमार्ग मुख्य गन्तव्यको स्थल बनेको छ । यहाँ हरेक दिन ७७ विदेशी पर्यटक अन्नपूर्ण पदयात्राका लागि आउने गरेको गौतमले बताए । हाल दैनिक ७७ को हाराहारीमा विदेशी पर्यटकले पदमार्गको यात्रा गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्याङ्कमा उल्लेख छ । नेपालमा पहिलो पटक आएको र हिमशृंखलाको अवलोकन गर्दै पदयात्रा गर्न पाउँदा आफूहरू निकै खुशी भएको पर्यटक बताउँछन् ।

अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पछिल्लो समय विदेशी मात्र नभई आन्तरिक पर्यटक पनि मनाङ आउने गरेका छन् । विभिन्न क्लब तथा संघसंस्थामा आबद्ध भएका व्यक्तिहरू बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा यात्रा गर्न आउने गरेको पाइएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement