ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सामुदायिक लघुवित्तको नाफा ६४.६७% बढ्यो, प्रतिशेयर आम्दानी कति ?

२०७९ बैशाख, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा ६४ दशमलव ६७ प्रतिशत बढेको छ । 

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. १ करोड ७१ लाख रहेको कम्पनीको नाफा चालू आवको सोही अवधिमा बढेर रू. २ करोड ८१ लाख पुगेको छ ।

कम्पनीको सञ्चालन मुनाफा १२९ दशमलव शून्य ७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ४ करोड ३४ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा १ करोड ८९ लाख रूपैयाँ आर्जन गरको थियो । 

एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा ४२ दशमलव ५२ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ६ करोड ६५ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ९ करोड ४७ लाख रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १० दशमलव २९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १२ दशमलव १६ प्रतिशत बढेको छ । 

कम्पनीको खराब कर्जा ४ दशमलव ७२ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी २८ दशमलव ४६, मूल्य आम्दानी अनुपात ४३ दशमलव २२ गुणा छ भने प्रतिशेयर नेटवर्थ १७१ दशमलव ८१ छ । 

हाल कम्पनीको चुक्तापूँजी १३ करोड २० लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी परिवर्तन भएको छैन । कम्पनीको सापटी ४ दशमलव ६७ प्रतिशत, निक्षेप संकलन १३ दशमलव ५७ प्रतिशत र कर्जा प्रवाह २० दशमलव ८२ प्रतिशत बढेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement