ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तेस्रो त्रैमासमा किसान लघुवित्तले कमायो ५ करोड १४ लाख खुद नाफा

२०७९ बैशाख, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले तेस्रो त्रेमाससम्म ५ करोड १४ लाख खुद नाफा कमाएको छ । 

कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० दशमलव ६१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन मुनाफा ३३ दशमलव ७७ प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. ७ करोड ४९ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ११ करोड ३२ लाख रूपैयाँ आर्जन गरको थियो । 

एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा १०५ दशमलव ९३ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा १८ करोड ३० लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ३७ करोड ६९ लाख रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ दशमलव ५७ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ६ दशमलव १० प्रतिशतले घटेको छ । 

हाल कम्पनीको चुक्तापूँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । कम्पनीको सापटी ३ दशमलव ९८ प्रतिशत, निक्षेप १८ दशमलव ७४ प्रतिशत र कर्जा प्रवाह १८ दशमलव शून्य ४ प्रतिशत बढेको छ ।

कम्पनीको खराब कर्जा ८ दशमलव ४० प्रतिशत छ । उक्त वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी अनुपात (वार्षिक) १७ दशमलव ४७, मूल्य आम्दानी अनुपात ७७ दशमलव शून्य १ गुणा छ भने प्रतिशेयर नेटवर्थ १९५ दशमलव ८७ छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement