ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०७९ बैशाख, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २६, काठमाडौं ।  स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ ।

यो दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, अघिल्लो दिन स्थिर रहेको चाँदीको मूल्य मंगलवार घटेको छ । यो दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । आज न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔस १ हजार ८६२ दशमलव ४३ डलर पुगेको छ ।

त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्य पनि बढेको छ । मंगलवार एक अमेरिकी डलरको खरीददर १२३ दशमलव ६५  र विक्रीदर१२४ दशमलव २५ रहेको छ । यो मूल्य अहिलेसम्म कै उच्च हो । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर १२३ दशमलव ३७ रुपैयाँ रहेको थियो ।  


 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement