ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बिट्क्वाइनको भाउ घटेर ३० हजार डलर मुनि 

२०७९ बैशाख, २७  
Image Not Found

वैशाख २७, टोकियो (जापान) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ घटेर सन् २०२१ को जुलाईयता पहिलो पटक ३० हजार डलरभन्दा मुनि आएको छ ।

अमेरिकाले आक्रामक रुपमा मौद्रिक नीति कसिलो बनाइरहेको अवस्था र महँगीमा भइरहेको वृद्धि बीच लगानीकर्ताहरु त्रस्त बनेसँगै क्रिप्टोकरेन्सी बजार मंगलबार ओरालो लागेको छ । मंगलवार कारोबारमा बिट्क्वाइनको भाउ प्रतिगोटा २९ हजार ७६४ डलरसम्म आएको छ । नोभेम्बरको कीर्तिमानी स्तर यता बिट्क्वाइनको भाउ झन्डै आधाले घटिसकेको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले दशकौं यताकै उच्च स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाइरहेको अवस्थामा लगानीकर्ताहरुले प्रविधिको शेयर जस्ता तीव्र उतारचढाव आउने शेयर र बिट्क्वाइनलगायत अन्य डिजिटल मुद्रामा रहेको लगानी झिकिरहेका छन् । 

वालस्ट्रिटमा सेल–अफ बन्द नहुने संकेतबीच बिट्क्वाइन मुख्य प्राविधिक टेवा स्तरभन्दा तल आएको विश्लेषण गरिएको छ । गत वर्ष आफूले बिट्क्वाइनमा गरेको लगानीमा संस्थागत लगानीकर्ताहरुले घाटा बेहोरेका छन् । यस्तोमा धेरैले बिट्क्वाइन र यसमा गरिएको लगानीलाई नजिकबाट नियालिरहेका छन् । सोमवार अमेरिकी शेयर बजारमा तीव्र कमी आएपछि क्रिप्टोमा पनि यसको प्रभाव देखिएको छ ।

सोमवार बजार बन्द हुँदा नास्डाक ४ दशमलव ३ प्रतिशत तल आएको थियो । एसएन्डपी ३ दशमलव २ प्रतिशतले घट्दा दाउ जोन्समा पनि २ प्रतिशतको कमी आएको थियो । एजेन्सी

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement