ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मदन भण्डारी राजर्माग आयोजना निर्देशनालयले वातावरणीय प्रभाव मल्याङकन आवह्न

२०७९ बैशाख, २७  
विविध
NA
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौ । सडक विभागले गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका र छत्रकोट गाउँपालिकामा मदन भण्डारी राजर्माग आयोजना निर्देशनालयले वातावरणीय प्रभाव मल्याङकन प्रतिवेदन माथि राय सुझाव माग गरेको छ । 

प्रस्तावित आयोजना सञ्चालन गर्दा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको न.पा./गा.पा. तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले  प्रतिकूल असर पर्ने भएमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सम्बन्धित सरोकारवालाले आफ्नो लिखित राय-सुझाव दिन बिभाग द्वारा जारी सूचनामा भनिएको छ ।

यस आयोजनाको प्रमुख संरचना रिडी बजार-बलेटक्सार-भेडुवा बजार (२१४ कि.मि) सडक स्तरोन्नति आयोजना (कालोपत्रे) रहने छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement