वैशाख २७, काठमाडौं । डिशहोम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ ।
नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्ने गरी वैशाख २६ गते सोमवारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो । डिसहोमका सेल्स अफिसर बिनोद सुबेदी, नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार सेनको उपस्थितिमा डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुबेदीले रिवन काटेर शोरुमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै सेल्स म्यानेजर सुबेदीले छ महीनानाको छोटो अबधिमा नै यस क्षेत्रमा डिशहोमको फाइबर नेटका ८ हजारभन्दा बढि ग्राहक भएको र डिशहोम फाइबर नेटप्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताए ।
नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले हालसम्म उक्त क्षेत्रमा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको छ । अब अझ बढी ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायसका सञ्चालक बिबेक गुप्ताले बताए ।