ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनसेलले ल्यायो चुनाव लक्षित रिचार्जमा बोनस डेटा अफर

२०७९ बैशाख, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ।

यस अफरमा ग्राहकले एनसेल एपमार्फतआफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन्।

उक्त अफर वैशाख२३ गतेबाट लागू भइसकेको छ।जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेकोरकमको आधारमा बोनस डेटा पाउँछन्। एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले एक दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउँछन्।

१०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा तीन  दिन समय सीमा भएको २००एमबी डेटा पाउँछन्। त्यसैगरी २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ५००एमबी डेटा पाउँछन्।

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बोप्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेटभ्वाइस प्याकले ग्राहकहरूलाई सुलभदरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने कम्पनीले बताएको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement