ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गोर्खाज फाइनान्सले बोलायो २७औं साधारण सभा, शेयरधनीलाई छैन लाभांश 

२०७९ बैशाख, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । गोर्खाज फाइनान्सले २७औं वार्षिक साधारण सभा जेठ २७ बोलाएको छ । 

कम्पनीको वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा अनुपम फुडल्यान्ड एण्ड ब्यांक्वेट, बानेश्वर काठमाडौंमा बिहान ११:३० बजे शुरु निर्णय गरेको हो । 

कम्पनीले यसपटक पनि शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएको हो । 

सधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १२ गतेबाट जेठ २७ गतेसम्म बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीले कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement