ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एलआईसी आईपीओ : १२ मेमा शेयर बाँडफाँट, १७ मेमा बीएसई–एनएसईमा सूचिकरण 

२०७९ बैशाख, २७  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख २७, काठमाडौं । भारतको सरकारी बीमा कमपनी एलआईसीको प्राथमिक शेयर (आईपीओ) निष्कासन सोमवार बन्द भएको छ ।

कम्पनीको आईपीओ १२ मेमा बाँडफाँट हुने बताइएको छ । यसलाई १७ मेमा बीएसई–एनएसईमा सूचीकरण गरिनेछ । अन्तिम दिनसम्ममा एलआईसीको आईपीओ झन्डै ३ गुणा बढी सब्सक्राइब भएको छ ।

कम्पनीले १६ करोड २० लाख ७८ हजार ६७ कित्ता शेयर विक्रीका लागि उपलब्ध गराएको थियो । तर ४७ करोड ८३ लाख २५ हजार ७६० कित्ता शेयरको लागि आवदेन परेको छ । 

पोलिसी होल्डरको श्रेणीमा ६ दशमलव १२ गुणा ओभर सब्सक्राइभ भएको थियो । कर्मचारीको श्रेणीमा यो दर ४ दशमलव ४ प्रतिशत छ । खुद्रा लगानीकर्ताहरुमा यो दर १ दशमलव ९९ गुणा थियो । यो अहिलेसम्मकै उच्च हो । तर विदेशी संस्थागत लगानीकर्ताहरुले यसको आईपीओमा खासै धेरै रुची देखाएका छैनन् । 

सबै श्रेणीमा गरेर आईपीओको सब्सक्रिप्शन २ दशमलव ९५ गुणा रहेको छ । एलआईसीको आईपीओ सप्ताहन्तमा पनि खुला थियो । कुनै पनि आईपीओको लागि सप्ताहन्तमा पनि बोलकबोल खुलाईको यो पहिलो पटक भएको बताइएको छ ।

एलआईसी भारतको सबैभन्दा ठूलो आईपीओ बन्ने क्रममा छ । यसबाट सरकारले झन्डै २ खर्ब १० अर्ब रुपयाँ उठाउन सफल भएको छ । एजेन्सी

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement