ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आमाको सम्झनामा कालिकोटको तिला मा.वी.मा वाटर स्टेसन निर्माण, ५०० विद्यार्थीलाई शुद्ध खानेपानी 

२०७९ बैशाख, २७  
कर्णाली प्रदेश
Image Not Found

काठमाडौं । स्वर्गीय बालकुमारी भट्टराई (पराजुली)को सम्झनामा कालिकोटको एक विद्यालयमा खानेपानी केन्द्र स्थापना गरिएको छ ।

काठमाडौँ युरेका लियो क्लब वर्ष २०२१-२२ ले क्लवका अध्यक्ष तथा ओडा फाउन्डेशन र  तिला नमूना मा.वि. का शिक्षा व्यवस्थापक  युवराज पराजुलीले आफ्नी आमाको सम्झनामा खानेपानी केन्द्रको निर्माण गरेका हुन् ।

उक्त खानेपानी केन्द्रको विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष करणबहादुर शाही र प्रधानाध्यापक दिनेशबहादुर शाहीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

क्लवले कालिकोटको तिला मोडल स्कुल महबाइमा ५०० भन्दा बढी विद्यार्थीहरूलाई खानेपानी दिने वाटर स्टेशन निर्माण गरेको हो । 

दुर्गम ठाउँमा राज्यको चासो नपुगेकाले आफूले सकेको सहयोग गरेको क्लवका अध्यक्ष पराजुलीले बताए ।

उक्त आयोजना सम्पन्न गर्नलाई क्लबले बिभिन्न खालका कार्यक्रम सँगै दाताहरुसँग आर्थिक संकलन पनि गरेको थियो । वैशाख २२ गते क्लबका प्रतिनिधि , विद्यालयका शिक्षक , व्यवस्थापन समिति र त्यहाँका स्थानिय बासिन्दाको उपस्थितिमा वाटर स्टेसन को शुभारम्भ र हस्तान्तरण गरिएको थियो ।

क्लबले यस्तै दुर्गम क्षेत्रहरुमा आवश्यकताअनुसार थप रचनात्मक काम गर्ने बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement