ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तेस्रो त्रैमासमा मनकामना स्मार्ट लघुवित्तले कमायो १ करोड ४५ लाख  नाफा

२०७९ बैशाख, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले तेस्रो त्रेमाससम्म १ करोड ४५ लाख खुद नाफा कमाएको छ । 

कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ३७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष ६९ करोड ५९ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार गर्दै ५४ लाख ९२ हजार सञ्चालन नाफा गर्न सफल भएको हो । 

कम्पनीले यस वर्ष सम्भावित जोखिम शीर्षकमा ९७ दशमलव ९२ प्रतिशत कम रकम छुट्याएकोले सञ्चालन मुनाफामा सुधार आएको हो । गत वर्ष रू. ७३ करोड ३५ लाख सम्भावित जोखिम शीर्षकमा रकम छुट्याएको कम्पनीले यस वर्ष रू. १ करोड ५२ लाख मात्र उक्त शीर्षकमा रकम छुट्याएको छ । 

एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा २३ दशमलव ६३ प्रतिशत रकम घटेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ४ करोड २२ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ३ करोड २३ लाख रुपैयाँ कायम भएको छ ।  

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ दशमलव शून्य ३ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ८ दशमलव ९४ प्रतिशतले घटेको छ । 

हाल कम्पनीको चुक्तापूँजी १४ करोड १७ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ७२ दशमलव ३३ प्रतिशतले बढेको हो । गत वर्ष यसै अवधिमा कम्पनीको चुक्तापूँजी ८ करोड २२ लाख रुपैयाँ थियो । 

कम्पनीको कम्पनीको खराब कर्जा ४ दशमलव ७७ प्रतिशत छ । उक्त वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण) १३ दशमलव ६६, मूल्य आम्दानी अनुपात ८२ दशमलव ३७ गुणा छ भने प्रतिशेयर नेटवर्थ १३८ दशमलव २१ छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement