वैशाख २७, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि काठमाडौंमा रहेका मतदाताहरू गृह जिल्ला फर्किन बसपार्कमा देखिएको भीडले दशैं तिहारको झल्को दिएको छ ।
यहि वैशाख ३० गते मात्रै स्थानीय तह निर्वाचन भएपनि टाढा पुग्नुपर्ने मतदाताहरू सोमवारबाटै घर फर्किन थालेका छन् । मंगलवार नयाँ बसपार्कमा देखिएको दृष्यले स्थानीय तहको निर्वाचनको माहोल तातेको देखिन्छ ।
काठमाडौं वरपरका जिल्लामा जाने मतदाताहरू भने २८ र २९ गतेसम्म जाने तयारीमा छन् ।
तर चुनावी प्रचार प्रसारमै सहभागी हुने व्यक्तिहरू भने गत आइतवारबाटै घर फर्किन थालेका थिए । सोमवार र मंगलवारसम्म त्यो क्रम थप बढेको छ ।
उपत्यकामा रहेका मतदाताहरू गाउँ फर्किएसँगै सडकमा सवारी साधनको चाप पनि घटिसकेको छ । हेर्नुहोस तस्वीर समाचार :
तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान