ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चुनावको प्रभाब पूँजीबजारमा, बढ्ने क्रमले लगातार तेस्रो दिन पनि पायो निरन्तरता 

२०७९ बैशाख, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । गत साता लगातार ४ कारोबार दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताको तेस्रो कारोबार दिन आज (मंगलवार) ४४ दशमलव १६ अंक बढेर बन्द भएको छ ।

गत कारोबार दिनको तुलनामा परिसूूचक १ दशमलव ९५ प्रतिशतले वृद्धि भएर २ हजार ३१३ विन्दुमा बन्द भएको हो । यो साताको पहिलो कारोबार दिन आइतवार र दोस्रो कारोबार दिन लगातार परिसूूचक बढेको थियो । 

आज कारोबारमा आएका २२६ धितोपत्रको २६ हजार ५६५ पटकको कारोबारमा ३३ लाख ३० हजार १५० कित्ता १ अर्ब ३५ करोड रुपैयाँमा खरीदविक्री भएको हो ।

कारोबारमा आएका धितोपत्रमध्ये सर्वाधिक शेयरमूल्य बढेर चार ओटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्यमा सर्किट लाग्नेमा बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिभर्सल पावर कम्पनी रहेका छन् । बरुण, ङादी ग्रुप पावर र जाल्पा लघुवित्तको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ भने यूनिभर्सल पावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । 

आज सर्वाधिक शेयर खरीदविक्री ङादी ग्रुप पावरको भएको छ । यो कम्पनीको ९ करोड ९८ लाख रुपैयाँको शेयर खरीदविक्री भएको छ । त्यस्तै सर्वाधिक शेयर कारोबार हुने दोस्रोमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४ करोड २५ लाख र तेस्रोमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ३ करोड ८२ लाखको भएको छ । 

स्थानीय निर्वाचनका कारण बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुन थालेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिन थालेको छ । यो साताको पहिलो कारोबार दिनदेखि नै शेयर बजारमा सकारात्मक संकेत देखिन थालेको हो ।

यसअघि बजार निरन्तर ओरालो लाग्दा कतिपय लगानीकर्ताहरु आफूसँग भएका धितोपत्रहरू घाटा खाएरै सस्तो मूल्य बेच्न बाध्य भएका थिए । तर, जेठदेखि ऋणको ब्याजदर बढ्ने हल्ला चलाइएको हुँदा आगामी कारोबार दिनमा परिसूचक यही रफ्तारमा उकालो लाग्नेमा कतिपय लगानीकर्ता अन्योलमा छन् ।

आज कारोबारमा आएका १३ ओटै समूहको उपसूचक बढेको छ । सर्वाधिक उपसूचक वृद्धि हुनेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक ३ दशमलव ८० प्रतिशत बढेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement