ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सूर्योदय र वोमी लघुवित्त मर्जरपछि कायम शेयर सूचीकृत

पहिलो कारोबारका लागि नेप्सेले तोक्यो मूल्यरेञ्ज

२०७९ बैशाख, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । साविकको वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडविच मर्जरपछि कायम शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

मंगलवार सूर्योदय वोमी लघुवित्तको नाममा ७९ लाख १९ हजार ८४८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । यी दुई कम्पनीबिच १ बराबर १ को अनुपातमा शेयर आदानप्रदान गर्ने सहमति अनुसार कायम हुन आएको उल्लेखित शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको हो । 

कुल कित्ता शेयरमा साविकको वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता र साविक सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता हिस्सा रहेको कम्पनीको भनाइ छ । 

यी दुवै कम्पनीका शेयरधनीहरुसँग मर्जरअघि कायम शेयरमा कुनै परिवर्तन भएको छैन । दुवै कम्पनीहरुका शेयरधनीहरुको शेयर कारोबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १ हजार ३७३ दशमलव ४० मूल्य रेञ्ज तोकेको छ । सोही मूल्य रेञ्जको आधारमा कम्पनीको कारोबार खुला हुनेछ । 

गत भदौ १५ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका दुवै कम्पनीको शेयर कारोबार गत भदौ १६ गतेदेखि नै रोक्का रहेको छ । मर्जर तथा प्राप्ति प्रयोजनका लागि वर्षौसम्म लगानीकर्ताको सम्पत्ति बन्धक बनिरहेको अवस्थामा यी कम्पनीहरुले भने प्रारम्भिक सम्झौता गरेको सात महीनामा एकीकृत कारोबार शुरु गरेका हुन् । 

यी दुई कम्पनी एक भई चैत १९ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् । मर्जर पश्चात सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय वागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर १३, साँगामा रहेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement