ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जजिरा एयरवेजको जहाज जेठ २ गते गौतमबुद्ध विमानस्थल अवतरण गर्ने     

२०७९ बैशाख, २७  
समाचार
Image Not Found
फाइल फोटो

वैशाख २७, काठमाडौं । जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा शुरु गर्ने भएको छ ।

यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो ।  यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपाल बीच सिधा हवाई सेवा दिंदै आएको छ । कुवेतस्थित नेपाली दूतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै सिधा हवाई सेवा सञ्चालन भएपछि मध्यपूर्वमा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने बताएको छ ।     
     
 वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि खाडीमुलुक प्रवेश गर्ने नेपालीका लागि सहज तथा सुविधाजनक हवाई यात्रा हुने दूतावासको विश्वास छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकका लागिसमेत थप सहज हुने दूतावासले बताएको छ ।     
     
 दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको जहाज जेठ २ गते बिहान आइपुग्ने भएको छ । एयरवेजले आज उडान तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समयअनुसार साँझ १८ः३० बजे उडेको विमान जेठ २ गते बिहान १ बजेर ४५ मिनेट जाँदा भैरहवा आइपुग्ने बताएको छ ।     
     
 सो जहाज सोही दिन बिहान २ः३० बजे कुवेतका लागि प्रस्थान गर्नेछ । जजिराले साताको आइतवार, मङ्गलवार, बिहीवार कुवेतबाट नेपालका लागि उडान गर्नेछ । रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement