ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

३७ लाख रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ        

२०७९ बैशाख, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई झण्डै ३७ लाख रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
     
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बैकिङ कसूरमा काठमाडौं महानगरपालिका– ८ का ५० वर्षीय रामसुन्दर डङ्गोललाई पक्राउ गरेको हो । निजले विसं २०७७ मा कैलाश विकास बैंक लिमिटेडमा रहेको बैंक खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए ।     
     
उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको उनी विरुद्ध मुद्दा परेको थियो । बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा उच्च अदालत पाटनको यही ४ गतेको फैसलाले डङ्गोललाई ७ दिन कैद र  ३६ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेकोको थियो ।     
     
फरार रहेका अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा सोमवार काठमाडौंको पिङ्गलास्थानबाट पक्राउ गरेको थियो । निजलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको  प्रहरीले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement