ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मौन अवधिमा भोजभतेर, पैसा बाँडेको पाइएमा तत्काल कारबाही : निर्वाचन आयोग

२०७९ बैशाख, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २७, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोजभतेर गर्ने र पैसा बाँड्नेहरूलाई तत्काल कारबाही गर्ने चेतावनी दिएको छ। 

मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मौन अवधिमा भोजभतेर गर्ने, पैसा बाँड्ने, सभा सम्मलेन गर्नेहरूलाई तत्कालै कारबाही गर्ने बताएका हुन् ।

मंगलवार मध्यरातिदेखि मौन अवधि शुरू हुँदैछ। त्यसबीच आचारसंहिताको उल्लंघन भएको पाइएमा तत्काल कारबाही गर्ने आयोगले चेतावनी दिएको हो। 

मौनअवधिमा त्यस्तो भएको पाइएमा कारबाही गर्न सक्ने अधिकार दिएर १९ ओटा उच्चस्तरीय टोली गठन समेत गरिएको उनले बताए। उनका अनुसार आयोगले तुलनात्मक रूपमा संवेदनशील स्थानहरूमा सो टोलीलाई परिचालन गरिसकेको छ।  

निर्वाचन आचार संहिताको पूर्ण पालनाको लागि आयोगको उक्त टोलीले आवश्यकताअनुसार निर्वाचनको गोपनीयतामा असर नपर्ने गरी निर्वाचनसँग सम्बन्धित दृश्यको छायाँकन गर्ने, भिडिओ क्यामरा वा अन्य विद्युतीय उपकरण समेत प्रयोग गर्न अधिकार पाएको छ ।

आयोगले मौन अवधिमा भोजभतेर गर्ने र पैसा बाँड्ने काम पनि हुनसक्ने भन्दै सजग रहन सरोकारवालालाई सचेत समेत गराएको छ ।

उक्त टोलिले मौन अवधिमा आमसभा कार्यशाला गोष्ठी, सम्मलेन, भोजभतेर गर्ने र पैसा बाँड्ने काम भए/ नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार अभिव्यक्ति दिने काम भए/ नभएको अनुगमन पनि गर्ने छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement