ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

छाङरुमा स्काइ फोन पुनः सञ्चालन

२०७९ बैशाख, २८  
सुदूरपश्चिम प्रदेश
NA

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुमा नेपाल टेलिकमको स्काई फोन सेवा सात महीनापछि पुनः सञ्चालन भएको छ । नेपाल टेलिकमका जिल्ला कार्यालय प्रमुख कृष्णबहादुर गुरुङ आफै छाङरु पुगेर टेलिफोन सेवा पुनः सञ्चालनमा ल्याएका हुन् । गत मंगलवार कार्यालय प्रमुख गुरुङसहितको टोली भारतको बाटो भएर छाङरु पुगेको थियो । व्याँसमा स्काई टेलिफोन टावर सञ्चालन भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए । ‘स्काई फोन सञ्चालन गरिएको छ, अहिले आंशिक रूपमा सञ्चालन भएकोमा पूर्ण रूपमा सुचारु गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘स्थानीय तह निर्वाचनका लागि भए पनि प्रभावकारी रूपमा सञ्चालनमा ल्याउनुपर्ने बाध्यता छ । यसअघि सशस्त्र प्रहरीको भिस्याटमार्फत दुईओटा ल्यान्डलाइन फोन प्रयोगमा आएका थिए ।’ रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement