ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दुर्गमको स्वास्थ्य चौकीलाई सहयोग

२०७९ बैशाख, २८  
गण्डकी प्रदेश
NA

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको स्वास्थ्य चौकीलाई सहयोग गरिएको छ । दक्षिण कोरियाको द नानुम पल्स र मुगुङ्वा वेलफेयर वल्र्डले स्वास्थ चौकीलाई १४ लाख ८४ हजार ४०० रुपैयाँ बराबरको औषधि तथा स्वास्थ उपकरण सहयोग गरेको हो । स्वास्थ चौकीले सो सहयोग प्राप्त गरेको जानकारी दिएको छ ।

दक्षिण कोरियाका सामाजिक संस्था द नानुम पल्स र मुगुङ्वा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य चौकीलाई १४ लाख मूल्य बराबरको औषधि र उपकरण सहयोग गरेका हुन् । अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर, ईएनटी मेडिसिन, फोरकेप सेट र औषधि उपलब्ध गराइएको छ । संस्थाका प्रतिनिधि लिमजङ ही र छोमजङ हिले वडाध्यक्ष झकबहादुर छन्त्याललाई सामग्री र औषधि हस्तान्तरण गरेका थिए ।

यसैगरी संस्थाले हालै वडा कार्यालयसँग समन्वय गरेर आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २०० जना लाभान्वित भएका छन् । चिकित्सक लोकेन्द्र छन्त्याल, गुर्जा स्वास्थ्यचौकीका सागर रोका, सुस्मिता छन्त्याल, रिमा शर्मालगायत स्वास्थ्यकर्मी र कर्मचारीले सेवा दिएको थियो । शिविरमा स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण गरिएको थियो । ज्येष्ठ नागरिकमा श्वासप्रश्वास र निमोनियासम्बन्धी समस्या धेरै देखिएकाले त्यसबाट बच्ने उपाय र उपाचारका विषयमा जानकारी गराइएको चिकित्सक छन्त्यालले बताए ।

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जाका बासिन्दालाई गाउँमै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको वडाध्यक्ष छन्त्यालले बताए । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement