ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बीओकेका ग्राहकलाई होटेल एशियातिकमा छूट

२०७९ बैशाख, २८  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके)का ग्राहकले होटेल एशियातिकमा विशेष छूट पाउने भएका छन् । बैंक र होटेलबीच सो सम्बन्धी सम्झौता भएसँगै ग्राहकले छूट पाउने भएका हुन् । बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड, पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेमा ग्राहकले छूट पाउने सम्झौतामा उल्लेख छ । यसरी डिजिटल  भुक्तानी गर्दा २० प्रतिशतसम्म छूट दिइने बैंकले बताएको छ । होटेल एशियातिक एयरपोर्ट रोड विराटनगरमा रहेको छ । बीओकेले हाल ९७ शाखा, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement