ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

डीडीसीविरूद्ध सुजल डेरी अदालतमा

२०७९ बैशाख, २८  
१० वर्ष अघि
NA

दुग्ध विकास संस्थान (डीडीसी) र सुजल डेरीबीचको दूध खरिद विवादले उग्र रूप लिएको छ । सुजल डेरीले आफूले बेचेको दूधको भुक्तानी नगरेको भन्दै संस्थानले त्यसका लागि सार्वजनिक सूचना निकालेपछि विवादले उग्र रूप लिएको हो । दुग्ध विकास संस्थानका अनुसार सुजल डेरीले संस्थानलाई रू. ९३ लाख तिर्न बाँकी छ । विवाद बढ्दै गएपछि सुजलले काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दायर गरेको छ ।

संस्थानलाई बढी भएको दूध सुजललाई विक्री गर्ने सम्झौता दुई संस्थानबीच भएको थियो । संस्थानले सम्झौताको बेवास्ता गर्दै दूध उपलब्ध नगराएको आरोप सुजल डेरीले लगाएको छ । संस्थानले भने दूध बढी भएको समयमा मात्र दिने सम्झौता भएको दाबी गरेको छ ।

‘हामीले दूध भएको समयमा दिएका छौं दूध संकलनमा कमी आएपछि दिन सकेनौ’ संस्थानका प्रवक्ता सियारामप्रसाद सिंहले भने ।

संस्थानले विक्री गरेको दूधको पैसा सुजल डेरीले तिर्न आलटाल गरेपछि सार्वजनिक सूचना निकालेको उनले बताए । ‘हामी आफै दूध नभएर धूलो दूध किनिरहेका छौं । यस्तो बेला कसरी अर्को कम्पनीलई दूध बेच्न सक्छौं ?’ उनले प्रतिप्रश्न गरे । संस्थान र सुजल डेरीबीच धेरै दूध उत्पादन हुने ‘फ्लस सिजन’मा १५ देखि २५ हजार लिटर दूध खरिद विक्री गर्ने करार सम्झौता गत कात्तिकमा भएको थियो ।

सुजल डेरीले यस विषयलाई लिएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement