ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सर्वसाधारणमा रिभर फल्सको आईपीओ आजदेखि विक्रीमा  

२०७९ बैशाख, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं  । रिभर फल्स पावर लिमिटेडले आज (बुधवार) देखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दैछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको कम्पनीले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको हो । 

कर्मचारीसहित सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री गर्ने तयारी कम्पनीले गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो । 

सर्वसाधारणले यो आईपीओ खरीदका लागि जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा जेठ ११ गतेसम्म आईपीओ निष्कासन खुला रहने छ । तर, पछिल्लो समय सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ छिटो अवधिभित्रै विक्री हुने सम्भावना देखिन्छ । खरीद कर्ताहरूले यो आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  

यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । 

आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको वास्तविक वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ९८ पैसा रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी माइनस दुई रुपैयाँ ३६ पैसा छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement