ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्थानीयमा जेठ १० गतेदेखि आईपीओ निष्कासन गर्दै अपर हेवाखोला 

२०७९ बैशाख, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । स्थानीयमा कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै खरीद आवेदन दिन सक्नेछन् । यो आईपीओ छिटोमा जेठ २४ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि असार ८ गतेसम्म विक्री खुला हुने मिति तय भएको छ । 

केयर रेटिङ नेपाले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै स्थानीयले प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको अपर हेवाखोला साना जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । यस आयोजनाको निर्माणका लागि कुल लागत  १ अर्ब ४२ करोड २८ लाख ७२ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणसम्म पहिलो शेयर कारोबारका लागि मूल्यरेञ्ज तोक्ने व्यवस्था अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्यरेञ्ज पाउने देखिन्छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement