ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

राधी विद्युतलाई १४७.५२% हकप्रद जारी गर्न विद्युत् नियमन आयोगले दियो अनुमति 

२०७९ बैशाख, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । राधी विद्युत् कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगको अनुमति पाएको छ । 

हकप्रद निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपूर्व आयोगको पूर्व स्वीकृति दिनुपर्ने व्यवस्था अनुसार राधीले स्वीकृति प्राप्त गरेको हो ।

राधीले यस वर्ष ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  उक्त बोनस शेयरपश्चात् कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार कायम भएको छ । 

सोही पूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्री गर्न आयोगले स्वीकृति दिएको हो । यस वर्ष हालसम्मकै सर्वाधिक लाभांश वितरण गरेको कम्पनीले शेयरधनीहरुका लागि हकप्रद शेयर समेत जारी गर्न लागेको हो ।  

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement