ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सेञ्चुरी बैंकको १८ लाखभन्दा बढी संस्थापक शेयर विक्रीमा

२०७९ बैशाख, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । सेञ्चुरी बैंकले १८ लाख २१ हजार ६० कित्ता संस्थापक शेयर बुधवारदेखि विक्रीमा ल्याएको छ । 

बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय पुतलीसडक, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी बैंकले दिएको छ । 

शेयरको मूल्य बैंकले खुलाएको छैन । इच्छुक आवेदकहरूले के कति दरमा खरीद गर्न चाहेको हो सो समेत खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement