ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

महुली लघुवित्तको २५ हजार ४०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री 

२०७९ बैशाख, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार ४०० कित्ता संस्थापक शेयर आज (बुधवार) देखि सर्वसाधारणमा विक्री गर्ने भएको छ ।

कम्पनीले गत चैत १७ गते विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी शेयर विक्रीमा ल्याएकोमा विद्यमान संस्थापकबाट उक्त शेयर खरीद गर्न कुनै निवेदन नआएकोले सर्वसाधारणमा शेयर विक्री गर्न लागेको बताएको छ । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान सर्वसाधारणले आजको मितिले ७ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा पुग्ने गरी निवेदन दिनु पर्नेछ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement