ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

९ महीनामा नेपाल दुरसञ्चार कम्पनीले कमायो ५ अर्ब ४३ करोडभन्दा बढी नाफा 

२०७९ बैशाख, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता


वैशाख २८, काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५ अर्ब ४३ करोड ५३ लाखभन्दा बढी खुद नाफा गरेको छ । 

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा भने ७ दशमलव ६३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५  अर्ब ८८ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको थियो । 

कम्पनीको कुल  आम्दानी यस वर्ष रू. ३२ अर्ब ५३ करोड ६७ लाखभन्दा बढी भएको छ । यो आम्दानी गत वर्षको यसै अवधिसम्म रू. ३१ अर्ब ६७ करोड ३७ लाखभन्दा बढी थियो । कुल आम्दानी गत वर्षको तुलनामा यस वर्ष २ दशमलव ७२ प्रतिशत बृद्धि भएको हो ।

लाभांश वितरणको इतिहासमै यस वर्ष बोनस शेयर वितरण गरेको कम्पनीको चुक्तापूँजी रू. १८ अर्ब पुगेको छ । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । जगेडा कोष रकम शून्य दशमलव ७६ प्रतिशत कम अर्थात् रू. ७४ अर्ब ११ करोड ७७ लाख कायम भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ४० दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. ५११ दशमलव ७७ रहेको छ । मूल्य आम्दानी अनुपात भने २६ दशमलव ४८ गुणा छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement