ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

६५ % पूँजी वृद्धि गरेको अरुण भ्याली हाइड्रोको नाफा ४० % भन्दा बढीले वृद्धि 

२०७९ बैशाख, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २८, काठमाडौं । चालू आर्थिक वर्षको ९ महीनामा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले रू. ९ करोड ९९ लाखभन्दा बढी खुद नाफा गरेको छ । 

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ४० दशमलव १८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ७ करोड १३ लाखभन्दा बढी थियो ।
विद्युत् विक्री आम्दानी यस वर्ष ६२ दशमलव ८७ प्रतिशत बढेसँगै कम्पनीको सञ्चालन नाफा ३२ दशमलव ८३ प्रतिशत वृद्धि भएको छ ।

गत वर्ष रू. ४ करोड २५ लाखभन्दा बढीको विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ९२ लाखभन्दा बढीको विद्युत् विक्री गरेको छ । सञ्चालन नाफा भने गत वर्ष रू. ९ करोड ८२ लाखभन्दा बढी भएकोमा यस वर्ष रू. १३ करोड ५ लाखभन्दा बढी भएको छ ।

कम्पनीले बोनस शेयर र हकप्रद शेयर मार्फत ६५ प्रतिशतले चुक्तापूँजी बढाएर रू. १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार कायम गरेको छ । जगेडा कोष रकम ६४ प्रतिशत बढेर रू. १६ करोड २ लाखभन्दा बढी कायम भएको छ ।

वार्षिक प्रतिशेयर आम्दानी रू. ७ दशमलव ७१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव २७ रहेको छ । 
मूल्य आम्दानी अनुपात भने ५३ दशमलव ५८ रहेको छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement